त्रिशूली । नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं. २ का वडाध्यक्ष शिवप्रसाद पनेरुले वडामा शिक्षा क्षेत्रको विकासलाई प्रथामिकता दिएर आफ्नो कार्यसम्पादन अघि बढाउनुभएको छ ।
उहाँले वडा भित्र रहेका सामुदायिक बिद्यालयहरुको प्रधानध्यापक एंवम प्रतिनिधिहरुको बैठक बोलाएर सामुदायिक बिद्यालयमा शैक्षिक सुधारको लागि जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको उपस्थितिमा भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । बाल कक्षा तथा शिशु कक्षामा सबै विषयको जानकारी दिने पुस्तक अध्ययन गराउने, कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यमको गणित र बिज्ञान बिषय थप गर्ने र कक्षा ६ देखि ८ सम्ममा ऐच्छिक गणित विषय थप गर्ने निर्णय गरिएको छ ।
यस्तै, सामुदायिक बिद्यालयले मासिक रुपमा शिक्षक हाजिरीको तथ्याङ्क अनिर्वाय रुपमा वडा कार्यलयमा प्रमाणिकरणको लागी पेश गर्ने, लेखा प्रणाली ब्यबस्थित रुपमा राख्ने, विद्यालयको सरसफाइ राख्ने, खानेपानी ब्यबस्थापन सहज बनाउने लगायतको शैक्षिक गुणस्तर अभिबृद्धी गर्ने निर्णय गरिएको तारकेश्वर गाँउपालिका वडा नं. २ का वडाध्यक्ष शिवप्रसाद पनेरुले जानकारी दिनुभएको छ ।

वडाको जनप्रतिनिधि सहित सरोकारवालाहरुको सयुक्त बैठकले गरेको निर्णय कार्यान्वयन भए नभएको जाँच तथा परीक्षणको लागी पालिका र वडामा रहेका जनप्रतिनिधिले बिद्यालयहरुमा छड्के अनुगमन समेत गरिने उल्लेख गरिएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाको वडा नंं ५, ७ र ८ तथा तारकेश्वर गाँउपालिकाको वडा नंं . २, ३ र ४ को लागी नुवाकोट र धादिङको गल्छीमा रहेका निजी विद्यालयहरुले विद्यार्थी लैजाने गरेकाले त्यसलाई रोक्ने लक्ष्यको साथ तारकेश्वर गाँउपालिका वडा नं. २ का वडाध्यक्ष शिवप्रसाद पनेरुले सामुदायिक विद्यालयको सुधारको लागी पहिलो प्रथामिकताको साथ गुणस्तरीय बृद्धिमा जोड दिने निर्णय गरिएको जानकारी दिनुभएको छ ।
22.12¡ÆC