उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

बैशाख ६, २०७९ मा प्रकाशित | 618 views

काठमाडौँ । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् ।

निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट आज मङ्गलवार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने भएका हुन् ।

न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने गरी बनाएको आचारसंहिताविरुद्ध परेको रिट खारेज गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web