३७ जनामा कोरोना पुष्टि

चैत्र ६, २०७८ मा प्रकाशित | 467 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना सङ्क्रमण पुटि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६१ जनाको नमुना परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

अहिले नेपालमा तीन हजार दुई सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसैबीच मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ६ सय ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web