बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

फाल्गुन २६, २०७८ मा प्रकाशित | 329 views

संखुवासभा । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन ।

बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको हो । दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web