नेपाली सेनाले थाल्यो ठूलोढुङ्गा (पल्सुङ ओढार) को जोखिम हटाउन

फाल्गुन २२, २०७८ मा प्रकाशित | 560 views

-रामहरि न्यौपाने,

घ्याङफेदी । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार)लाई नेपाली सेनाको जबरजङग गणले हटाउन सुरु गरेको छ । 

विसं २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सुरु गरेको हो । ढुङ्गाले बस्तीमा जोखिम पुर्‍याएसँगै स्थानीयवासीको आग्रहमा दुप्चेश्वर गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिमा ढुङ्गा हटाइदिन गरेको आग्रह अनुसार काम सुरु गरिएको छ ।

May be an image of nature, tree, sky and mountain

उक्त ढुङ्गाले नेगीगाउँका ४७ घरधुरी बासिन्दासहित एक आधारभूत विद्यालय जोखिममा परेको प्राविधिक प्रतिवेदनका आधारमा नेपालमा उपलब्ध प्रविधि, स्रोतसाधनको परिचालन गरेर ढुङ्गा हटाउन दुप्चेश्वर गाउँपालिकासँग गरेको सम्झौता अनुसार काम थालिएको जबरजङग गण देवीघाटका गणपति (प्रमुख सेनानी) अरुण कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत सोमबारदेखि प्राविधिक टोली पुगेप नि आवश्यक उपकरण हेलिकप्टरमार्फत बुधबार त्यहाँ पुराएसँगै ढुङ्गा फुटाउने पहिलो ब्लाष्टिक गरिएको हो । “मानवीय सहायताबाट हटाउन प्रयास गरेपनि त्यो सम्भव देखिएन”, प्रमुख सेनानी कार्कीले भन्नुभयो, “नेपालमा उपलब्ध उपकरणसहित स्रोतसाधनलाई हेलिकप्टरमार्फत पु-याइ विस्फोटक पदार्थको सहयोगले जोखिम ढुङ्गा हटाइने छ ।”

May be an image of tree, mountain and nature

नेपाली सेना र नागरिकबीचको सम्बन्ध थप मजबुद बनाउन प्राप्त जिम्मेवारीको काम सैनिक टोलीमार्फत अघि बढाइएको हो । जबरजङग गणको नेतृत्वमा नेपाली सेनाको एकसय जना सैनिकलाई ढङ्गा हटाउन दुई महिना लाग्ने अनुमान गरिएको छ । उक्त ढुङ्गालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओढार भन्ने गरेका छन् ।

May be an image of 4 people, people standing, military uniform and outdoors

तामाङ भाषामा पल्सुङ भनेको ठूलो हो । त्यहाँ दुई ठूला ढुङ्गा मिलेर ओढार बनेको छ । ओढारमा स्थानीयवासीले दाउरा, खोस्टा राख्ने तथा बारीमा काम गर्दा आराम गर्ने स्थल बनाएका थिए । ढुङ्गाको तौल र आकार के कति परिणाममा भन्ने एकीन नभए पनि बाहिरी सतह २० हजार घनामिटरभन्दा बढीको हुनसक्ने अनुमान गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो । उहाँका अनुसार ढुङ्गा अडिएको स्थान भीरक्षेत्र र स्थानान्तरण गरिएको बस्ती नजिकै पर्ने हुँदा दिउँसो मात्रै काम गरिने नेपाली सेना र पालिकाबीच भएको सम्झौतामा उल्लेख छ ।

No description available.

ढुङ्गा हटाउन रु एक करोड लाग्ने अनुमान :

जोखिम ढुङ्गा हटाउन प्रारम्भिक अध्ययनमा रु. एक करोड लाग्ने देखिएको छ । गाउँपालिकासँगको सहकार्यमा नेपाली सेना र प्राविधिक टोलीको स्थलगत अध्ययनमा ढुङ्गालाई विस्फोटक पदार्थको प्रयोग गरेर हटाउन चाहिने सामग्री खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि रु. एक करोड लाग्ने देखिएको हो ।

May be an image of 8 people, people sitting, people standing and sky

त्यसको लागि सङ्घीय सरकारले रु. २५ लाख, बागमती प्रदेश सरकारलाई रु. २० लाख र दुप्चेश्वर गाउँपालिकाले रु. ४० लाख उपलब्ध गराइसकेको छ । “अहिले अनुमान गरिएको बजेट ढुङ्गा फुटाउन र सो क्रममा हुनसक्ने दुर्घटनाबाट स्थानीयवासीलाई जोगाउन अस्थायी टहरा निर्माण गरेर स्थान्तरणको लागि खर्च गरिने छ”, अध्यक्ष तामाङले भन्नुभयो, “ढुङ्गालाई विस्फोट गराउँदा उछिट्टिएर बस्तीका अधिकांश घर क्षति पुग्नसक्ने देखिएको त्यसको पुनर्निर्मणको लागि अतिरिक्त बजेट आवश्यक पर्दछ । ”

May be an image of 1 person and mountain

जनप्रतिनिधिको चासो :
विसं २०७२ वैशाख १२ मा गएको शक्तिशाली भूकम्पले डगमगाएको ढुङ्गा क्रमशः बग्ने क्रममा पाँच वर्षपछि आफ्नो स्थान छाड्न सुरु गरेको हो । विसं २०७७ भदौ दोस्रो साता परेको वर्षातले ढङ्गाले जगसतह छाडेसँगै स्थानीयवासीलाई सुरक्षित बनाउने काम १८ महिनापछि सुरु भएको हो । नेगीबस्तीलाई ढुङ्गाले जोखिम बनाएसँगै विसं २०७७ भदौमा उक्त क्षेत्रबाट निर्वाचित सङ्घीय सांसद हितबहादुर तामाङ, प्रदेशसभा सदस्यमा निर्वाचित बागमती प्रदेशको उपसभामुख राधिका तामाङले राहत र सुरक्षित स्थानमा बसोबासको प्रबन्ध मिलाउन कसरत थाल्नुभएको थियो ।

May be an image of 9 people, people sitting, people standing, outdoors and tree

सरोकारवाला सबै पक्षको प्रयासले ढुङ्गा हटाउन सङ्घीय र प्रदेश सरकारबाट बजेट व्यवस्थापनदेखि नेपाली सेनालाई जिम्मेवारी दिन निरन्तरको पहलले काम अघि बढेको हो । सैनिक टोलीले ढङ्गा हटाउन सुरु गर्न लागेसँगै आवश्यक सहयोगको प्रतिबद्धता तथा प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार सोही स्थानमा पुगेर चासो देखाउनुभयो ।

May be an image of 3 people, people standing and outdoors

जोखिम बस्तीका करिब २५० जनालाई सुरक्षित बासस्थान बनाएसँगै त्यहाँ चाहिने खानेपानी, विद्युत, शौचालय, आउजाउ गर्न सहज बाटो, बालबालिकाको पढाइलगायतका गतिविधि सहज बनाउन नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, क्षेत्रीय सभापति धुव्र श्रेष्ठ सहितलाई लिएर नेगी पुग्नुभएका प्रवक्ता डा. महतले दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङलाई  आग्रह गर्नुभयो ।

May be an image of 7 people, people standing and outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web