संसदमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

फाल्गुन १८, २०७८ मा प्रकाशित | 639 views

काठमाडौँ । प्रतिनिधि सभाकाे बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुभएकाे हाे ।

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएसँगै आजकाे बैठक स्थगित भएकाे छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । बैठक पाँच मिनेट बसेर स्थगित भएको हो । आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवराेध कायम राखेकाे छ ।

गएकाे आइतवार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो पटक संसद् बैठक बसेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web