जापानको कुक भिषामा आउँदा होसियारी अपनाऔं !! -राजन खत्री

असार १३, २०७३ मा प्रकाशित | 32459 views

नेपाली ईन्डो करी
रेष्टुरेन्टमा कुक भिषाको नाम जापान आउने/ल्याईने नेपालीहरुको पिडा
वास्तवमै दयनिय छ ! विश्वको सम्पन्न देश जापान !

वेरोजगारीले रन्थनियका
नेपालीहरु ईराक अफगानस्थान तथा सिरीया जस्ता युद्धग्रस्त देशहरुमा
हत्केलामा ज्यानको वाजी राखेर लाख कमाउने सपनामा त्यहाँ पुगी रहेका छन् ,
अनाहकमा मरिरहेका छन् । भने त्यसमा पनि जापान !

लाख कमिने आश्वसनमा रिनपन
घरबार बन्धकी राखेर १३/१४/१५ लाख तिरी जापान आउन जोसुकै नेपालीहरु पनि
तमतयार हुन्छन् ! यता कुक भिषामा जापान
नेपालीहरुलाई ल्याउने दलालहरुको पनि बिगबिगी छ ।

हामी नेपालीहरुलाई ठग्ने
मानवताहिनहरु कुनै विदेशीहरु नभएर एक नेपालीलाई ठग्ने अर्को नेपाली छ
जापानमा । कुक भिसामा जापान आयो । अपवाद आफ्नो ठाँउमा होला तर कुक भिसामा
जापान आएको नेपालीहरुको समग्रमा दयनिय अवस्था छ । लगभग अरवको मरुभुमीमा
पुग्न लाग्ने ३०/४० हजार खर्च पनि नलाग्ने कुक भिसामा दलालहरुले
१२/१३/१४/१५/१६/१७ लाख सम्म असुल गर्ने गरेका छन् ।

नेपालमा खानबस्न गरी १
लाख देखी १ लाख ५० हजार सम्म सेलरी पाउने प्रलोभनमा कुक भिसामा जापान
ल्याईन्छन् मान्छे । तर जब जापान टेकिनेछ वास्तविकता फरक छ, जापान पुगेर
महिनामा लाख कमाउने हाम्रा सम्पुर्ण सपनाहरु तव चकनाचुर हुन्छन्, जब त्यहाँ
कामको कुनै ग्यारेन्टी नै हुदैन रहेछ ।

मान्छे जापान झारे पछि बल्ल काम
खोज्न थाल्छन् दलालहरु ! अदक्ष कुकको विल्ला भिराएर ५ देखी ६ मान सेलरीमा
काम गर्न दवाब गरीन्छ, यो भनेको नेपाली अहिलोको रेटमा ५० देखी ६० हजार हो ।
अनि महिनामा एक दिन बल्ल छुट्टी सोचौं सम्झंदा कहाली लाग्छन् यस्ता
वास्तविक कुराहरु ।

अनि बाध्य भएर धेरै पैसा कमिने प्रलोभनमा रिफुजी तिर
पठाईन्छन् तिनै दलालहरुको मिले मतोमा ! यस्ता कुरामा कस्को ध्यान जाला र !
तर वास्तवमा कहालिलाग्दो कथा र दयनिय अवस्था छ, जापान आएर पछुताएका
नेपालीहरुको ।

यतातिर कस्को ध्यान जाने होला र खै ! एकले अर्कोलाई ठग्नमै छ
मजा जहाँ ! त्यसैले लहडमा हैन सम्पुर्ण कुरा बुझेर मात्र काम गरौं,
नेपालीहरु ठग्ने दलाहरुको सबैले भण्डाफोर गरौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web