सुनको भाउ एक हजार रुपैयाँ घट्यो

फाल्गुन १३, २०७८ मा प्रकाशित | 456 views

काठमाडौँ । हिजो एकैदिन बढेर तोलाको ९९ हजार रुपैयाँमा पुगेको सुनको भाउ आज भने एक हजार रुपैयाँले घटेको छ।

हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो।

रुस र युक्रेनको द्वन्द्वका कारण सुनको बजारमा समेत असर परेको छ। आज भाउ घट्नुमा कुनै विशेष कारण नभएको र सुनको बजार अस्थिर रहेकाले भाउमा उतारचढाव आइरहने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web