शुक्लाफाँटामा बाघ सर्वेक्षण सुरु

माघ २९, २०७८ मा प्रकाशित | 540 views

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो ।

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्य थालनी भएको छ । निकुञ्ज कार्यालयका अनुसार बाघ सर्वेक्षणको लागि २ किलो मिटर लम्बाइ तथा २ किलोमिटर चौडाइ भएका २ सय ६० वडा ग्रीडहरुमा विभाजन गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट सर्वेक्षण गर्न लागिएको बताउनुभयो । तीन हप्तामा बाघ गणना सम्पन्न हुनेछ । बाघ सर्वेक्षणका लागि कुल ५ सय २० थान क्यामेरा, ७० जना प्राविधिक र ५ ओटा हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ । निकुञ्जमा यसअघि गरिएको राष्ट्रिय सर्वेक्षण अनुसार १६ वटा बाघ भेटिएका थिए । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने सरकारको लक्ष्यअनुरूप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ ।

शनिवार त्यस कार्यक्रम शुभारम्भ गर्न कञ्चनपुर पुग्नुभएका वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले बाघ सर्वेक्षण कार्यक्रमले देशभर बाघको संख्या पत्ता लाग्ने साथै जैविक विविधतामा पर्ने असर लगायतमा महत्वपूर्ण कुरा थाहा हुने बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web