हतियारसहित दुई जना पक्राउ

माघ २९, २०७८ मा प्रकाशित | 585 views

अर्घाखाँची । अर्घाखाँची र कपिलवस्तुको सिमाना कोठीखोलाबाट हतियार सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ को मनकामना सामुदायिक वनको कोठीखोलाबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयाे ।

गस्तीमा गएकाे पिपराकाे प्रहरी टोलीले २ थान भरुवा बन्दुक सहित शितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र त्यसै ठाउँका २८ वर्षीय खेमु मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनीहरूको बारेमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web