११ असार, काठमाडौं ।
यो साताको सोमवार मात्र घटेको नेपाली शेयर बजारको परिसूचक पहिलो दिनको तुलनामा ४४.०२ अंकले बढेर अन्तिम दिन १६६६.२९ अंकमा पुगेको छ ।

परिसूचक बढे पनि यो साताको कारोवार रकम भने १५.७६ प्रतिशतले घटेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १४७ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ३२ हजार १८ कारोबारहरुबाट सात अर्ब ८२ करोड २९ लाख ४३ हजार रुपैयाँ बराबरका एक करोड १० लाख ९४ हजार ५ सय ७० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ अन्य समूहको बाहेक सबै समूहको कारोवारमा सुधार भएको छ ।

यो साता बिमा समूहको कारोवारमा मात्र ३१९ अंकले र जलविद्युत समूहको कारोवार १८६.४९ अंकले सुधार भएको छ ।

यो साता कारोबार रकमको आधारमा लुम्बिनी जनार इन्स्योरेन्स, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम र कारोबार संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेका छन ।

15.51¡ÆC