मुगुको उत्तरी क्षेत्रमा इलाका प्रशासन बिस्तार

असार ११, २०७३ मा प्रकाशित | 947 views

११ असार, मुगु ।
मुगु जिल्ला सदरमुकाम गमगढी देखि २ दिन टाढा उत्तरी सोरु भेगका ७ ओटा गाबिसका जनताहरुलाई प्रशासनिक सेवा पुरयाउने उद्धेश्यले जिमा गाबिसको सोरुकोटमा  ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

राहदानी, नागरिकता, लगायतका अन्य महत्वपूर्ण प्रशासनिक कामकाजहरु सोरुममै पाउने भएपछी त्यस क्षेत्रका बासिन्दाको २ दिन हिँडेर जिल्ला सदरमुकाम गमगढी धाउनु पर्ने बाध्यता हटेको छ ।

१ जना अधिकृत, २ जना नायब सुब्बा सहित ६ जना कर्मचारीहरुको ब्यबस्था गरिएको ईलाका प्रशासन कार्यलयवाट सोरु भेगका ३ हजार घर धुरीका  १६ हजार जनताहरु लाभाम्बित हुने छन् ।

पाल्पाको रामपुरमा पनि इलाका प्रहासन कार्यालय सञ्चालनमा आएको छ ।

सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटलको दुरीमा रहेको रामपुरमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि त्यस क्षेत्रका नागरिकलाई नागरिकता, राहदानी बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web