माधव नेपाललाई कोरोना सङ्क्रमण

पुस २७, २०७८ मा प्रकाशित | 344 views

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

काेराेना भाइरसकाे मिल्दाेजुल्दाे लक्षण देखिएपछि अध्यक्ष नेपालकाे हिजाे साेमवार काेराेना परीक्षण गरिएकाे थियाे । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँलाई आज मङ्गलवार काेराेना पुष्टि भएकाे हाे ।

अहिले उहाँ घरमै आइसाेलेशनमा बसिरहनुभएकाे छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई काेराेना पुष्टि भएकाे थियाे । उहाँहरू पनि हाेम आइसाेलेशनमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web