बाघको आक्रमणबाट एक जनाको मृत्यु

पुस २४, २०७८ मा प्रकाशित | 390 views

बाँके । बाँकेमा आज फेरि बाघको आक्रमणमा परि एक जना महिलाको ज्यान गएको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नं ६ अब्रहवाकी चाँदनी थारुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

थारु साथीहरुसहित बाँके राष्ट्रिय निकुञ्ज नजिकैको वनमा माघीका लागि पात टिप्न जानुभएको थियो । थारुलाई पात टिप्न गएको ५, ६ जनाको समूहकै बीचबाट झम्टिएर बाघले लगेपछि अरुले भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

दुई दिनअगाडि मात्रै बाघको आक्रमणबाट घाँस काट्न गएकी राप्ती सोनारी ४ की ५३ वर्षीया लिला विष्टको बाघको आक्रमणबाट ज्यान गएको थियो । बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पाटे बाघको जोखिम रहेको भन्दै बाँके राष्ट्रिय निकुञ्जले सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web