काठमाडौँ । एनआईसी एसिया बैंकको १६ लाख रुपैयाँ लुटिएको घटनामा कर्मचारीकै संलग्नता देखिएको छ । कर्मचारीको संलग्नता देखिएपछि प्रहरीले एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कलेक्टर प्रदीप खत्रीसहित ४ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार खत्रीकै योजना र अन्यको मिलेमतोमा बैंकको पैसा लुटिएको अनुसन्धानका क्रममा खुलेको छ ।
‘बैंकले ठूलो परिमाणमा पैसा जम्मा गर्ने संस्थाका लागि कलेक्टर राखेको हुँदो रहेछ, त्यही भूमिकामा रहेका खत्री आफैंले आफैंलाई लुटाएको पाइएपछि पक्राउ गरेका हौं’ उनले भने, ‘अन्यको भूमिकाबारे अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले खत्रीसँगै सिन्धुपाल्चोकका विमल तामाङ, रामेछापका शक्तिराज पौडेल, अनिश खड्कालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकामाथि डाँका चोरीसम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान हुने मैनालीले बताए ।
24.93¡ÆC