एमाले नुवाकोटको अधिवेशनको तयारी पूरा, अध्यक्षमा मैनाली र प्रधान चर्चामा

पुस २२, २०७८ मा प्रकाशित | 481 views

त्रिशूली । नेकपा एमालेले देशभर भोलि एकैसाथ गर्न लागेको जिल्ला अधिवेशन अन्तरगत नुवाकोटको तयारी अन्तिम चरणमा पुराएको छ । एमाले नुवाकोटको सातौ जिल्ला अधिवेशनको तयारी आवश्यक अनुसार पूरा भएकाले निर्धारित समयमै बट्टार स्थित एक पाटी प्यालेसमा सञ्चालन हुने बताइएको छ । नेकपा एमाले नुवाकोटको भोलि हुने जिल्ला अधिवेशनमा नेतृत्वको लागी दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेको उपाध्यक्ष रहनुभएका बद्रीप्रसाद मैनाली र अहिलेका सचिव रहनुभएका बुद्धिबहादुर प्रधानबीच भोलिदेखि सुरु हुने अधिवेशनमा अध्यक्ष पदको लागी प्रतिस्पर्धा हुने देखिएको हो ।
पुस १७ वडाबाट प्रतिनिधि छनोटको क्रममा नै सुरु भएको दुई प्यानलबीच आफू अनुकुलको व्यक्तिलाई प्रतिनिधि ल्याउन गरिएको कसरत र त्यसपछि सहमतिको लागी गरिएको प्रयासमा आशा लाग्दो समाधान नभएसम्म नेतृत्व चयनको लागी अहिलेसम्म बद्रीप्रसाद मैनाली र बुद्धिबहादुर प्रधान प्रमुख दाबेदारीमा देखिएका छन् ।
नेकपा एमालेको यसअघिको वडा अधिवेशनदेखि पालिका अधिवेशनसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएपनि जिल्ला अधिवेशनको लागी भने दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

यसअघिको अधिवेशनम आफ्नो प्यानलका अध्यक्ष गुमाउदा समेत उपाध्यक्ष जित्नुभएका बद्री मैनाली त्यसपछि प्रदेस सांसद, केन्द्रीय पाटी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको समयमा पाटीमा देखिएको संकटको समयमा जिल्ला अध्यक्षको समेत नेतृत्व बहन गर्नुभएका सहित बागमति प्रदेशको राज्यमन्त्री जिम्मेवारी पनि सम्हाल्नुभएका कारण बद्री मैनालीले आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गर्नुभएको छ ।
यसअघिको अधिवेशनमा सचिवमा बिजयी भएका बुद्धि प्रधान त्यसपछि नेकपा हुदाँ भूमिका कमजोर भएपनि नेकपा एमालेको अहिलेको संगठन निर्माणमा लामो समयदेखि त्यागी र इमान्दार व्यक्तिको रुपमा आफूलाई अहिले अध्यक्षको दाबेदारीमा प्रतिस्पर्धामा उभ्याउनुभएको छ । लाभको पदको त्यागी भनेपनि उहाँले जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी बहन गर्दै जिल्लामा फुटबल खेलको विकासलाई टेवा पुराउनुभएको थियो ।
नेकपा एएकाले विशेष गरेर युवा कार्यकर्ताले सर्वम्मतको प्रयासलाई जोड दिएपनि नेतृत्वको लागी दुई समूहले दाबी कायमै राखेपछि अध्यक्षको लागी बद्री मैनाली र बुद्धि प्रधानबीच प्यानल नै बनाएर प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको हो ।
नेकपा एमालेले केन्द्रीय महाधिवेशन सम्पन्न भैसकेको छ भने अब सबै जिल्लाहरुको अधिवेशन एकैसाथ भोलि २३ गते र सातवटै प्रदेशको अधिवेशन आगामी माघ ८ गतेको लागी तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web