धुलिखेल नगरपालिकाका विद्यालयमा एक हप्ता विदा

पुस १५, २०७८ मा प्रकाशित | 302 views

काभ्रे । जाडो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै, चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या हुने भन्दै यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले भने ‘कोभिडका कारण ढिला विद्यालय सन्चालन भएकाले जाडो विदा नदिने निर्णय गरेका थियौं । तर हिजोदेखि अत्यधिक चिसो बढेपछि एक हप्ता विदा निर्णय गरेका छौं ।’

कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि विद्यालय खुलेपछि परीक्षालाई निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउन नगरपालिकाले सबै विद्यालयलाई अनुरोध गरेको शिक्षा शाखा प्रमुख शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web