लागू पदार्थ दुर्व्यसन तथा साईवर क्राईम सम्बन्धि नुवाकोटमा सचेतना कार्यक्रम हुदै

पुस १३, २०७८ मा प्रकाशित | 655 views

त्रिशूली । बागमति प्रदेश युवा परिषद हेटौडाले लागू पदार्थ दुर्व्यसन तथा साईवर क्राईम सम्वन्धि सचेतना मुलक कार्यक्रम नुवाकोटमा आयोजना गरेको छ ।

यही पुस १६ गते शुक्रवार देखि १८ गतेसम्म नुवाकोटको बट्टार स्थित दम्कीमा उक्त कार्यक्रमको आयोजना गरिएको बागमति प्रदेश युवा परिषदका सदस्य बसन्त न्यौपानेले जानकारी दिनुभयो । उहाँको अनुसार उक्त कार्यक्रममा युवाहरुलाई लागू पदार्थ दुर्व्यसनको जोखिममा फस्नबाट जोगाउन र साईवर क्राईम अर्थात विद्युतीय अपराधका हुनसक्ने घटनाबाट बचाउनको लागी सजग गराउन लागिएको छ ।

प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा परिषद वाग्मती प्रदेश हेटौंडाले आयोजना गरेको कार्यक्रम निकै प्रभावकारी एंव समयसान्दर्भिक हुने मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web