इयूको विघटन अवश्यंभावि, राष्ट्रवादको विश्वव्यापी लहर ‘बेलायत इयूबाट अलग’ -भरत दाहाल

असार १०, २०७३ मा प्रकाशित | 1527 views

इयूको विघटन अवश्यंभावि, राष्ट्रवादको विश्वव्यापी लहर
अमेरीकाकाे बचाउ रणनीति, यूराेप ३ खेमामा विभाजन

बेलायत इयूबाट अलग्गिने जनमतले बहुमत देखाएपछि पश्चिमी साम्राज्यवादी शिविरमा धाँजा फाटेकाे छ। अब यूराेप ३ वटा शिविरमा विभाजन हुने निश्चित भएकाे छ। एउटा एङ्लाे-अमेरीकन, दाेश्राे रूसी र तेश्राे जर्मन नेतृत्वमा यूराेपकाे विभाजन हुने लक्षणहरू प्रष्ट रूपमा देखिएका छन्।

जनमत संग्रहले अहिलेकाे बेलायत पनि एक ढिक्का नरहने पक्का छ। बेलायतबाट स्वतन्त्र हुनका लागि दशकाैं देखि हिंसात्मक र शान्तिपूर्ण अान्दाेलनमा संलग्न हुँदै अाएका उत्तरी अाएरल्याण्ड र स्कटलैंडले जनमत संग्रहकाे परिणामकाे विराेध गर्दै यूकेबाट अलग्गिने संकेत देखाउन सुरू गरिसकेका छन्।

बेलायतमा भरएकाे राष्ट्रवादीहरूकाे विजय र अमेरीकामा ट्रम्पकाे लाेकप्रियतासंगै उनले जनमत संग्रहकाे स्वागत गरेकाे घटनाले के संकेत गर्दछ भने विश्वमा पुनः दाेश्राे विश्वयुद्धकालिन समिकरण तयार हुन थालेकाे छ। एङ्लाे-अमेरीकन शिविरले अब Trans-Pacific Partnership (TPP)लार्इ अघि बढाउने छन्।

साम्राज्यवाद अाफैमा एउटा संकट हाे। इयूकाे विघटन साम्राज्यवादी शिविरमा अाएकाे विश्वव्यापी संकटकाे अभिव्यक्ति हाे। कम्युनिज्म खतराकाे हाैवा पिटेर बनेकाे याे समिकरण अब थेगिन नसक्ने भैसकेकाे थियाे। पहिलाे र दाेश्राे विश्वयुद्धका शत्रुहरू सँधैभरि संगै रहन सक्ने संभावना थिएन।

दुबै विश्वयुद्धका वास्तविक शत्रुहरू जर्मनी र बेलायत थिए। अमेरीका सँधै बेलायतकाे पक्षमा रहेकाे छ। दाेश्राे विश्वयुद्धमा रूसलार्इ अनिच्छापूर्वक तानिएकाे थियाे। याे कुरा बुझेर नै अमेरीका र रूसका बीचकाे विवादमा जर्मनीले मध्यमार्गि भूमिका देखाउँदै अाएकाे थियाे। याे तेश्राे विश्वकालागि सन्ताेषकाे समाचार हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web