इनारपाटी । आज ‘क्रिसमस डे’ अर्थात् क्रिसमस दिवस नेपाल सहित विश्वभर नै विभिन्न कार्यक्रम गरेर मनाइएको छ । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जमोत्सवका अवसरमा देशभरका ईसाई धर्मालम्बीहरुले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी मनाइएको हो । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा ईसाई धर्मालम्बीहरुले हरेक वर्ष २५ डिसेम्बरका दिन संसारभर विशेष महत्वका साथ ‘क्रिसमस डे’ मनाउने गरिएको छ । आजको दिन ईसाई धर्मालम्बीले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्ने तथा सबैभन्दा ठूलो पर्वको रुपमा मनाइने गरिएको हो ।
क्रिसमसको अवसरमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गर्ने गरिएको छ । नेपालमा पनि क्रिश्चियन धर्मको इतिहास पछिल्लो चारसय वर्ष भन्दा पुरानो रहेको ईसाई धर्मालम्बीको दाबी रहेको छ । नेपालमा २०६२-६३ को दोश्रो जनआन्दोलनपछि धर्मनिरपेक्ष राष्ट्र घोषणा भएसँगै क्रिसमसलाई राष्ट्रिय पर्वका रुपमा समेत मनाउन थालिएको छ ।

आजको दिन इसाई धर्मावलम्बीले शुद्ध हृदयदेखि नै येशुको प्रशंसा तथा प्रार्थना गरी अङ्गुरको झोल पिउने र केक काट्ने परम्परा समेत रहेको छ । आजका दिन इसाई धर्मावलम्बीले येशुको सम्झना गर्दै गिर्जाघरमा एकचित्त भएर भोज खाने तथा मनोरञ्जन गर्ने गरेका छन् । क्रिसमस दिवसको अवसरमा नेपाल सरकारले ईसाई धर्मालम्बीलाई शनिबारको दिन परेपनि सार्वजनिक विदा दिएको थियो ।
क्रिसमसका अवसरमा आज नुवाकोट, रसुवा लगायतका जिल्लाको विभिन्न स्थानमा रहेका चर्चहरुमा विशेष कार्यक्रमको आयोजा गर्दै शुभकामनना आदानप्रदान गरिएको छ ।
नुवाकोटको मुख्य बजार क्षेत्रमा रहेका विभिन्न चर्चहरुमा साँस्कृतिक कार्यक्रमहरुको समेत सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं. ६ इनारपाटीमा रहेको नयाँ दर्शन मण्डलीमा साँस्कृतिक कार्यक्रम सहित क्रिसमस पर्वको शुभकामना साटासाट गरिएको चर्चका अध्यक्ष केशव कुमालले जानकारी दिनुभएको छ । उहाँको अनुसार क्रिसमस उत्सवमा सास्कृतिक कार्यक्रम, शुभकामना प्रदान र मिष्ठान्न भोजन सहितको पर्व मनाउन इसाई सहित अन्य धार्मिक समुदायको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा मण्डली परिवारका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा ओढाएर सम्मान गरिएको थियो भने एसइई र कक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई नगद रुपैयाँले सम्मान गरिएको बट्टार नया दर्शन मण्डलीका पास्टर लोकबहादुर तामाङले जानकारी दिनुभयो ।

इसाई धर्मावलम्बीले येशुको कन्या अर्थात मारियमको कोखबाट जन्म भएको र मारियमको विवाह युसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा येशुले जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वास गर्दै आज त्यही खुसीयालीमा इसाई धमालम्वीहरुले क्रिसमस पर्व मनाउने गरेको बाइबलमा उल्लेख गरिएको छ । ईसाई धर्मालम्बीहरुको अनुसार तत्कालीन समयमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट मानिसलाई मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको विश्वास गर्ने गरिएको छ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गर्ने गरिएको छ । येशुलाई जिसस क्राइस्ट पनि भनेर चिन्ने गरिएको छ ।
21.96¡ÆC