त्रिशूली । रुम टु रिड (पढ्नको लागि कोठा) मार्फत नुवाकोटमा सञ्चालनमा रहेको बालिका शिक्षा कार्यक्रमले विद्यार्थीहरुलाई आत्महत्या सम्बन्धि सचेतना जगाउनको लागी विद्यालयहरुमा अभिमुखिकरण कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
कोशिश नेपाल र नुवाकोट जिल्लामा रहेका स्थानीयतहरुसंगको सहकार्यमा विद्यालयमा मानसिक स्वास्थ्य सम्बधि अभिमुखिकरण कार्यक्रम संचालनमा ल्याएर विद्यार्थीहरुमा आत्महत्या सम्बन्धिको धारणालाई हटाई जीवन बाच्नको लागी उच्च मनोबल प्रदान गर्नको लागी सहयोग पु¥याएको रुम टु रिडको सामािजक परिचालक शर्मिला थापामगरले जानकारी दिनुभएको छ । उहाँको अनुसार शिक्षक र अभिभावकहरुलाई शैक्षिक कार्यक्रम मार्फत आत्महत्या रोकथामका लागी विशेष कार्यक्रम सञ्चालनमा जोड दिइएको हो । हाल नुवाकोटको १२ वटा विद्यालयमा यस कार्यक्रम (बालिका शिक्षा) सञ्चालनमा ल्याइएको छ ।
अहिलेसम्म विदुर नगरपालिका वडा नं. २ मा रहेको भैरवी मा.बि वडा नं .५ मा रहेको चन्द्रज्योति मावि र च्वाडी मावि एंव लिखु गाउँपालिका वडा नं. ४ चौघडामा रहेको क्षेत्रपाल माविमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
बालिका शिक्षा कार्यक्रम संचालन भईरहेको थप नौ वटा विद्यालयमा पनि क्रमशः कार्यक्रम सञ्चालन गर्न लागिएको बालिका शिक्षा कार्यक्रम नुवाकोटका कार्यक्रम सहायक आकृती रिमालले जानकारी दिनुभएको छ । उहाँको अनुसार अभिमुखिकरण कार्यक्रम मार्फत मानसिक स्वास्थ्य अबस्थाको पहिचान गर्दै त्यसबाट उत्पन्न हुने आत्महत्यासम्मको घटना रोकथामको लागी कार्यक्रम मार्फत विशेष गरेर विद्यालयतहका किशोर–किशोरीहरुलाई सचेत गराइएको छ ।
कार्यक्रममा सहभागी भएपश्चात आत्महत्या सम्बन्धिी अवधारणा, सहयोग र न्युनिकणमा आफ्नो र परिवाको भूमिकाको बारेमा सिकाई पछि उनीहरुमा परिवर्तन गराउन सफल भएको कोशिश नेपालका मनोविज्ञ सफल सापकोटाले बताउनुभएको छ ।
उहाँको अनुसार आत्महत्याको सोच बनाईराखेका व्यक्तिले समयमै मनोविमर्शकताको सहयोग पाउन सकेको तथा उनीहरुलाई परामर्श दिन सकेको खण्ठमा जीवन बचाउन सफल हुने उदाहारण कार्यक्रमको अवधिमा देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक वर्षमा रीब आठ लाख भन्दा बढी ब्यक्तिहरुले आत्महत्याका कारण ज्यान गुमाउने गरेको पाइएको छ । त्यसमध्ये सबैभन्दा बढी ७० बर्ष उमेर माथीका र त्यसपश्चात र १५ देखि २९ बर्ष उमेर समुहका व्यक्तिहरुले आत्महत्या गर्ने गरेको देखिएको छ ।
नेपालमा हुने मृत्युको अस्वभाविक घटनामा १६ प्रतिशत मृत्यू आत्महत्याको कारण हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।
25.33¡ÆC