नन्दको प्रेमिकालाई हत्या गर्ने भाउजू जेल चलान

बैशाख १९, २०७३ मा प्रकाशित | 1178 views

१५ चैत, बारा ।
नन्दको प्रेमिकालाई हत्या गरेको आरोपमा यहाँ आफ्नै भाउजू आइतवार जेल चलान भएकी छिन् ।

फाल्गुन ४ गते राती बाराको भोडाहा गाविस ८ बस्ने कृष्ण प्रसाद साह तेली लगायतका घर परिवारका सदस्यहरु समेत मिलेर पुनदेव प्रसाद यादवको हत्या गरेका थिए ।

प्रहरीका अनुसार रौतहट गा.वि.स.सन्तपुर दोस्तीया वडा नं.७ बस्ने हितलाल राउतको छोरा वर्ष २५ को पुनदेव प्रसाद यादवको घाटी काटी कर्तव्य गरी लास जिल्ला बारा गा.वि.स.मनहर्वा वडा नं.५ स्थित टेङरहर खोलाको किनारमा फालेको अवस्थामा भेटिएको थियो ।

फाल्गुन १४ गते मृतक यादवको लास एकाबिहान गाउलेहरु देखेपछि प्रहरीलार्य खबर गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा अभियुक्त मध्येका निज कृष्ण प्रसाद साह तेलीको छोरा बुहारी वर्ष २५ की रिन्कु देवी साह तेलीलाई आज जिल्ला  अदालत बाराको आदेशमा कारागार चलान गरिएको प्रहरी निरिक्षक शशिकुमार ठाकुरले जानकारी दिनुभयो ।

कारागार चलान भएकी रिंकुलाई गा.वि.स.तेलकुवा वडा नं.१ स्थित माईती घरमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । घटनाका अन्य आरोपितहरु फरार रहेको र निजहरुको खोजविन जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web