प्रदीप पौडेलले हार स्वीकारे

पुस १, २०७८ मा प्रकाशित | 394 views

काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले चुनावकाे परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

निर्वाचन परिणाम घोषणापछि आज बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले पार्टीलाई सुदृढ र सङ्गठित बनाइ अघि बढाउने कुरामा सधैँ सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । चुनाव परिणामसँगै नेपाली कांग्रेसमा पुस्तान्तरण भएको भन्दै नेता पाैडेलले वैचारिक रूपान्तरणका लागि विजयी पदाधिकारीहरूले नेतृत्व लिने विश्वास लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, म उहाँहरूलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, सङ्गठित बनाउने र अगाडि बढाउने कुरामा सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । नेपाली कांग्रेसमा पुस्तान्तरण भएको छ । अब वैचारिक रूपान्तरणका निम्ति साथीहरूले प्रयास गर्नुहुनेछ, नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । विधि व्यवस्थालाई कडाइका साथ लागू गरेर पार्टी चल्छ भन्ने मेरो विश्वास छ ।

नेता पाैडेलले चुनाव परिणामले पुरानो र नयाँ नेतृत्वको सम्मिश्रण पार्टीभित्र सिर्जना गराएको देखिएको भन्दै चुनावपछि पार्टीभित्र एकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web