शेखर कोइरालाले चुनाव जितेनन्, तर मत बढाए

मंसिर २९, २०७८ मा प्रकाशित | 349 views

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणमा पराजित भएका छन् । उनलाई ९०७ मतान्तरले हराउँदै शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका छन् ।

तर दोस्रो चरणमा पनि शेखरले आफ्नो मत भने बढाएका छन् ।

पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ पाए । अर्थात कोइरालाले ३६.३८ प्रतिशत मत पाए ।

दोस्रो चरणमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका कारण कोइरालाको हार निश्चित जस्तै थियो । तर उनले प्रतिस्पर्धा रोजे ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्यो । २७३३ मत पाएर देउवा सभापति निर्वाचित भए भने कोइरालाले १८५५ मत पाए । अर्थात उनले ४०.१३ प्रतिशत मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web