प्रतिनिधि सभाको बैठकमा एमालेको अबरोध जारी, बिरोधका बीच केही अध्यादेश पेश

मंसिर २८, २०७८ मा प्रकाशित | 327 views

काठमाडौ । सङ्घीय संसद् प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । मङ्गलबार बसेको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही कार्यसूची अनुसार अगाडि बढाउनुभएको थियो ।

प्रतिपक्षी दलको अवरोधबीच संसद्‍मा केही अध्यादेश पेश भएका छन् । प्रतिपक्षी दलले अवरोध कायम गरेपछि सभामुख सापकोटाले गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई अध्यादेश पेश गर्न अनुमति दिनुभएको थियो ।

मन्त्री बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन० अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेश गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web