कांग्रेस वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने

मंसिर २७, २०७८ मा प्रकाशित | 418 views

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् ।

काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् । पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले, पौडेलले मतदानमा भाग नलिने जानकारी दिए । सभापति पदमा प्रतिस्पर्धा नगरेका बरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका छैनन् ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । सभापति पदमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङको उम्मेदवारी कायम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web