जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयबाट विद्युत सेवा विस्तार

मंसिर २६, २०७८ मा प्रकाशित | 421 views

त्रिशूली । नुवाकोटको तादी गाँउपालिका वडा नं. १,२,३ र ४ मा विद्युत सेवा विस्तार गरिएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध रहेको वडा नं. ४ स्थित बाघमारा र सुन्दरीजल–गोसाईकुण्ड पदमार्गको क्षेत्र सहितको स्थानमा पहिलो पटक विद्युत सेवा पु¥याइएको हो ।
जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तरगत तादी गाउँपालिका वडा नं. १, २, ३ र ४ मा हालसम्म बत्ति पुग्न नसकेको स्थानमा केन्द्रीय प्रशारण प्रणाली अन्तरगतको विद्युत सेवा पु¥याई बत्ति बल्न सुरु गरिएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईले जानकारी दिनुभयो । उहाँको अनुसार ‘उज्यालो बागमति अभियान’ मार्फत डिभिजन कार्यालयले रु.५० लाख बजेट मार्फत १३५ वटा फलामको खम्बा र १३ किमि प्रशारण लाइनको तार मार्फत उपभोक्ताको श्रमदानबाट बत्ति बाल्न थालिएको हो । बत्ति पुगेसगैँ उच्च हिमाली एंव दुर्गममा पर्ने उक्त क्षेत्रका करीब एकसय परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
विद्युत सेवा नहुदाँ व्यक्तिगत खरिद गरिएको सोलार बत्ति र टुकी बालेर बस्दै आएका बासिन्दा केन्द्रीय प्रशारण लाइन मार्फत व्यावस्थित फलामे खम्बा सहितको विद्युत सेवा घरघरमा पुगेसगैँ खुसी भएको वडा नं. २ का वडाध्यक्ष बच्चुराम तामाङले बताउनुभयो । उहाँको अनुसार बत्ति नहुदाँ साँझ हुने बित्तिकै खाना खाएर सुत्नुपर्ने अबस्था थियो । बत्ति सुविधा भएसगैँ दिनभरको उज्यालोमा दैनिकी काम गर्ने र अध्यारोको समयमा बत्तिभएपछि घरभित्रको काम गर्न, बालबालिकालाई अध्ययन गर्न, मोबाइल तथा रेडियो र टेलिभिजनको प्रयोग गर्न सहज भएको छ ।
उज्यालो बागमति अभियान अन्तरगत प्रदेश सरकारले केन्द्रीय प्रशारण प्रणाली नपुगेका स्थानमा ग्रामीण विद्युतीकरण कार्यक्रम तथा सोलार बत्ति वितरण गर्ने योजना अनुसार हालसम्म बत्ति पुग्न नसकेको स्थानमा जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयले सेवा दिएको हो ।
“गत वर्ष प्राप्त बजेट रु. २० लाखले दुप्चेश्वर र तादी गापाको बत्ति नपुगेका विभिन्न वस्तीको बत्ति पु¥याउने क्रममा पहिचान भएको स्थानमा यसवर्ष बत्ति लगिएको हो ।” डिभिजन प्रमुख गुरागाईले भन्नुभयो “प्रशारण प्रणाली नपुगेको स्थानमा अब लगत्तै सोलार बत्ति वितरण गर्ने तयारी छ ।”
कार्यालयले सिचाई कुलो, खोला तथा नदीले पु¥याएको कटानको नियन्त्रण तथा जोखिममा परेका वस्ती संरक्षणको लागी सेवा पु¥याउदै आएकोमा गएको वर्षदेखि उर्जाको समेत सेवा दिन सुरु गरेको हो । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web