एमाले महाधिवेशन : उद्घाटन समारोह सुरु

मंसिर १०, २०७८ मा प्रकाशित | 532 views

काठमाण्डौ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सुरु भएको छ ।

नारायणघाटको नारायणी नदी किनारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा देशका विभिन्न ठाउँबाट एमालेका हजारौँ नेता कार्यकर्ता उपस्थित भएका छन् । उद्घाटन अघि चितवनका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्याली निस्किएको थियो ।

उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्नुहुनेछ । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने टुङ्गो लागेको छ ।

महाधिवेशनको सुरक्षामा १५ सयभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web