राष्ट्रिय अखण्डताको रक्षाको लागी खटिदै आएको नेपाली सेना अहिले सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भएर लागेको छ ।
यसअघि नुवाकोटका बिभिन्न स्थानहरुमा निशुःल्क स्बास्थ्य शिबिर सञ्चालन गर्दै आएको जिल्लामा तैनाथ जबरजंग गणले बुधबार नुवाकोटको बिदुर नगरपालिका वडा नं ५ स्थित देबिघाटमा रहेको बृद्धाआश्रममा बसोबास गर्दै आईरहनु भएका जेष्ठ नागरिकहरुलाई खाना खुवाएको छ ।
बृद्धबृद्धाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आश्रममा रहेका ३५ जना जेष्ठ नागरिकहरुलाई स्बस्थ्यकर तथा पोषणयुक्त खाना उपलब्ध गराएको नेपाली सेनाको जबरजंग गण नुवाकोटले जनाएको छ ।

उक्त कार्यक्रममा श्री नं ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रबिन्द्र केसी, जबरजंग गण नुवाकोटका गणपति प्रमुख सेनानी अरुण कार्की, बृद्धाआश्रमका अध्यक्ष बिष्णु नेपाल लगायतको उपस्थिती रहेको थियो ।

24.48¡ÆC