नेकपा एमाले सुर्यगढी गाउपालिकाको अध्यक्षमा रिजाल

कार्तिक १०, २०७८ मा प्रकाशित | 769 views

बिदुर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत यसअघि सबै वडाभित्र सर्वसम्मत नेतृत्व चयन गरेको सुर्यगढी गाउपालिकाले राजेन्द्र रिजालको अध्यक्षतामा पालिका अधिबेशसनमा पनि सर्बसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सफल भएको छ ।
नेकपा एमाले सुर्यगढी गाउपालिका संगठन कमिटीको प्रथम अधिबेशनले अध्यक्षमा रिजाल सहित ७५ सदस्यीय कमिटी गठन गरेको हो । यस्तै, उपाध्यक्षमा प्रकाश पौडेल, सचिबमा प्रकाश खड्का र ज्ञानबहादुर तमाङ्ग, उपसचिबमा सानुमाया तमाङ्ग निर्बिरोध निर्बाचित हुनुभएको हो ।

मंगलबार देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने नेकपा एमालेको पूर्बनिर्धारित कार्यतालिका अनुसार सुर्यगढी गाउपालिकामा बागमती प्रदेश कमिटी सदस्य बिन्दा ढुङ्गानाको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न गरिएको छ ।
नेकपा एमाले जिल्ला सम्मेलन समिती नुवाकोटका सदस्य रमेश बिश्वकर्माका अनुसार गाउपालिका संगठन कमिटीको प्रथम अधिबेशनमा नेकपा एमालेमा आस्था राख्ने नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web