नेकपा एमालेको सुर्यगढी ३ मा अध्यक्ष मगर सहित सबै पदाधिकारी निर्बिरोध निर्बाचित

कार्तिक ७, २०७८ मा प्रकाशित | 718 views

विदुर ।  नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तरगत नेकपा एमाले सुर्यगढी गाउपालिका वडा नम्बर ३ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ ।
शनिवार सुर्यगढी गाउपालिका वडा नम्बर ३ को पहिलो वडा अधिवेशनले पिङ्गल बहादुर थापा मगरको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै समितिको उपाध्यक्षमा मनकुमार तामाङ्ग, सचीवमा जानुका ढुंगाना, सह सचीवमा नारन थापा र टेक बहादुर खनाल निर्बाचित हुनुभएको छ । सदस्यहरु २६ जना गरि जम्मा ३१ सदस्यीय कमिटी बनाइएको छ ।


यसका साथै बुद्ध तामाङ्गका अध्यक्षतामा युवा संघ नेपाल सुर्यगढि ३ को कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्षमा बिश्वेश्वर बिश्वकर्मा, सचीवमा रमेश रिमाल, सह सचीवमा कमला तिमिल्सिना र रत्न कुमार तामाङ्ग चयन हुनुभएको छ भने सदस्यहरु २६ जना सहित ३१ सदस्यीय युवा संघ गठान गरिएको हो ।
यसैगरी, शनिबार फलाटेमा सम्पन्न अधिबेशनको भेलाले पुर्णबहादुर सुनारको संयोजकत्वमा र राजन थापामगरको सहसंयोजकत्वमा युथ फोर्स गठन गर्न जिम्मेवारि दिइएको नेकपा एमाले जिल्ला सम्मेलन समिति नुवाकोटका सदस्य रमेश बिश्वकर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web