दुर्घटनामा घाइते एक जनाको मृत्यु, ३४ जना घर फर्किए

दुर्घटनामा घाइते एक जनाको मृत्यु, ३४ जना घर फर्किए

त्रिशूली । नुवाकोटबाट काठमाडौतर्फ जादै गरेको बस किस्पाङ गाँउपालिका वडा नं. ५ मनकामनामा दुर्घटना हुदाँ घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएर उपचारको लागी हेलिकोप्टर मार्फत काठमाडौ पठाइएको किस्पाङ–१ का रमेश तामाङको निधन भएको हो । ३८ वर्षीय तामाङको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) हरीबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँको अनुसार गम्भीर अबस्थाका थप नौ जनाको काठमडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका मध्ये बाँकी आठ जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । उनीहरु मध्ये अधिकांशको हात र खुट्टा भाचिएकाले अबस्था क्रमशः सामान्य हुदै आएको छ । घाइते मध्ये अन्य ३४ जना उपचार पछि आजै (सोमबार) घर फर्किएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूलीहुदैँ काठमाडौ जान लागेको बा.४ ख ५७६२ नं. को बस आज (सोमबार) बिहान ११ः०० बजे मनकामना आइपुग्दा ब्रेकले काम नगरेसगैँ दुर्घटनामा परेको थियो । यात्रुले खचाखच भरिएको केरुङ यातायात प्रा.ली.को बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा हुदाँ चालक सहित ५३ जना घाइते भएका थिए ।

प्रतिक्रिया

TOP