रेल्वे विधेयक फिर्ता लिने सिफारिस बहुमतले स्वीकृत

अशोज २५, २०७८ मा प्रकाशित | 840 views

रेल्वे विधेयक फिर्ता लिने सिफारिस बहुमतले स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाको आज साेमवारको बैठकले प्रतिनिधि सभाबाट रेल्वे विधेयक २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा विचाराधीन रहेको याे विधेयक फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधि सभाको अघिल्लो बैठकले याे सहमतिको सिफारिसका लागि राष्ट्रिय सभामा पठाएको थियो । यसअघिको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहाेरा पढेर सुनाउनुभएको थियो ।

राष्ट्रिय सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web