सडक दुर्घटनामा दुई जनाको ज्यान गयो

अशोज २३, २०७८ मा प्रकाशित | 382 views

काठमाडौँ । फरक फरक ठाउँमा भएका सडक दुर्घटनामा परि दुई जनाले ज्यान गुमाएका छन् । शनिबार संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ​संखुवासभाकाे खाँदबारी नगरपालिका वडा नम्बर २ चेवामा प्रदेश १–०२–००३ त १२ २४ नम्बरको ट्याक्टर सडकबाट तल खस्दा चालक मणि तामाङका् ज्यान गएको प्रहरीले जनाएको छ । खाँदबारी नगरपालिका वडा नम्बर ५ लेलुवा घर भएका २५ वर्षका तामाङको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ज्यान गएको हो । सहचालक महेन्द्र तामाङलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

यस्तै आजै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा जीपको ठक्करबाट एक बालकको ज्यान गएको छ । रुपनी गाउँपालिका–६ का तुलसी चौधरीका १० वर्षका छोरा सुशीलको ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । ना २ च ३७५४ नम्बरको जीपको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web