११ दिनमा चार लाख २२ हजार जनाले काठमाण्डौ छाडे

अशोज २३, २०७८ मा प्रकाशित | 399 views

काठमाडौँ । दशैँ मनाउनका लागि अहिलेसम्म काठमाण्डौ उपत्यकाबाट ४ लाख २२ हजार जना यात्रु बाहिरिएका छन् ।

गएको असोज ११ गतेदेखि आज बिहान १० बजेसम्म ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाण्डौ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

गएको असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु भएसँगै दशैँ मनाउन घर फर्कनेको सङ्ख्या बढिरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web