दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

अशोज २२, २०७८ मा प्रकाशित | 435 views

काठमाडौँ । बडा दशैंको दोस्रो दिन आज देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो ।

आज पनि राजधानीका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरुको विहानैदेखि भिड लागेको छ ।

यसैगरी राजधानी बाहिरका दाङको अम्बिकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको मनकामना लगायतका मन्दिरहरु पनि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web