बाघको आक्रमणमा एक जना घाइते

अशोज २१, २०७८ मा प्रकाशित | 326 views

रौतहट । रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छ्न ।

रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन ।
बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका रायमाझिलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको हो ।

६ जनाको समूहमा घाँस लिन हिँडेका उनलाई बाघले आक्रमण गरेपछि आफूसँग भएको बन्चरो बाघलाई प्रहार गरेको घाइते रायमाझीले बताए । उनको दुवै हातमा बाघले चिथोरेको छ ।

घाइते रायमाझीको चन्द्रनिगाहपुरको एक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web