लिपुलेक क्षेत्रमा जनगणना गर्न अनेरास्ववियूको माग

अशोज २०, २०७८ मा प्रकाशित | 457 views

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले लिपुलेक क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले बुधबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएकोमा आपत्ति जनाएका छन् ।

चुच्चे नक्सामा समेटिएको दार्चुलाका गाउँहरु कालापानी, लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक पठाउन अनेरास्ववियूले माग गरेको छ । कूटनैतिक वार्ता मार्फत भारतको बाटो भएर वा हवाई मार्गबाट भएपनि सुपरीवेक्षक खटाउनुपर्ने सुझाव समेत दिइएको छ ।

लिपुलेकसहितको क्षेत्र समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गरेपनि जनगणना गर्न सुपरीवेक्षक खटाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web