भाडा समायोजनको माग राख्दै व्यवसायीद्वारा प्रदर्शन

अशोज १८, २०७८ मा प्रकाशित | 579 views

काठमाडौँ । भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाण्डौमा गाडीसहित विरोध प्रदर्शन गरेका छन् । चक्रपथमा गाडी रोकेर व्यवसायीले प्रदर्शन गरेका हुन् ।

यसले गर्दा चक्रपथमा गाडीको आवागमन प्रभावित भएको छ । भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा नै बस तेर्स्याएर छोडेका छन् । यसले गर्दा यात्रुलाई सास्ती भएको छ भने काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

कोटेश्वर, चाबहिल, सुकेधारा,गौशाला क्षेत्रमा जाम छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पटक पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि वाग्मती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरुले विरोध प्रदर्शन गरेका बताउनुभयो ।

यसअघि गएको साउन ७ गते पनि उनीहरुले चक्रपथमा नै गाडी तेर्स्याएर विरोध प्रदर्शनसहित र्याली निकालेका थिए । त्यतिबेला उनीहरुले कोभिडविरुद्धको खोप, भाडा समायोजन, ४० वर्ष पुगेका गाडीको अवधि थप, यातायातको बीमा छुट, नवीकरण र जरिबाना छुट लगायतका माग राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web