टिपरको ठक्करबाट दुई जनाको ज्यान गयो

अशोज १८, २०७८ मा प्रकाशित | 391 views

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्ण भिरमा टिपरको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।

हिजो प्रदेश नम्बर ३–०१ ००६ ख ०८०६ नम्बरको टिपरको ठक्करबाट ८६ वर्षका चन्द्रप्रसाद कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई इलाका प्रहरी कार्यालय बेनिघाटले पक्राउ गरेको छ ।

यस्तै, चितवन भरतपुर महानगरपालिका-३ लाइन्सचोकमा पनि टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका-४ का ३२ वर्षका पिताम्बर भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ । ना १ क ९९२३ नम्बरको टिपरले भण्डारी र उहाँकी श्रीमती कल्पनालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका भण्डारीको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।

श्रीमती कल्पनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web