अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

अशोज १५, २०७८ मा प्रकाशित | 458 views

काठमाडौँ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको अदालतको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको हो ।

पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त वक्तव्य निकालेपछि अधिवक्ताहरू लोचन भट्टराई, धनजीत बस्नेतलगायतले गएकाे माघ १६ गते अदालतको अवहेलनासम्बन्धी रिट दर्ता गराएका थिए ।

प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला चार पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरेर अदालतको अवहेलना गरेको रिट निवेदकको दाबी थियो । त्यही रिटमा मागदाबी नपुगेको भन्दै सर्वोच्च अदालतले मुद्धा खारेज गरिदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web