पत्रकारिता तालिम दिने भन्दै गाँउपालिकाको अध्यक्ष सहित ६ जनाले गरे भ्रष्टाचार

अशोज १५, २०७८ मा प्रकाशित | 529 views

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। तालिम सञ्चालन गरी अनियमितता गरेको भन्दै अख्तियारले मकवानपुर कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अध्यक्ष मुक्तान, सञ्चालक रामकुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको हो।

मकवानपुर कैलाश गाउँपालिका अध्यक्ष : टंकबहादुर मुक्तान ।

आर्थिक वर्ष ०७५/७६ मा युवा क्षमता विकास तथा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरी उनीहरूले दुई लाख ६० हजार नाै सय रुपैयाँ अनियमितता गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web