प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

अशोज १४, २०७८ मा प्रकाशित | 352 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले नजाने भएको छ ।

संसदमा भइरहेको अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो। तर, आफूहरु सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा हुने खालका बैठकमा मात्रै सहभागी हुने र अरु बैठकमा सहभागी नहुने एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत बोलाइएको भन्दै एमाले बैठकमा सहभागी नहुने भएको हो । एमालेलाई असंवैधानिक तवरले विभाजन गरिएको भन्दै एमालेले सर्वोच्चमा मुद्दा दिएको छ । आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गएको भदौ २३ गतेदेखि सङ्घीय संसद्का बैठकहरुमा निरन्तर अवरोध गर्दै आएको छ ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web