पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु

अशोज १२, २०७८ मा प्रकाशित | 667 views

बारा । बारामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित बेंगे खेला पुल नजिकै सिंचाईका लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनी मंगलबार बिहान साढे ११ बजेतिर पौडी खेल्नका लागि ड्याममा पसेका थिए । सोही क्रममा उनी डुबेका थिए । स्थानीयले खोजी गर्दा नभेटेपछि प्रहरीलाई ११ः४८ बजे खबर गरेका थिए ।

अस्थायी प्रहरी पोष्ट डुमरवाना, इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा कार्कीको शव ड्यामबाट बाहिर निकालेका थिए ।

घटनास्थल लास जाँच मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web