असोज २३ गतेदेखि पोखरा–जोमसोम उडान नियमित हुने

अशोज १२, २०७८ मा प्रकाशित | 346 views

काठमाडौँ । असोजको २३ गतेदेखि पोखरा–जोमसोम उडान नियमित सुरु हुने भएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुरु गर्न लागेको हो ।

यस्तै यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटासम्म उडान भर्दै आएको थियो ।

जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायु सेवाहरूले बिहान १२ बजेभित्र नै उडान भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायु सेवाहरूमा तारा एअरले मात्र पोखरा, नेपालगञज र काठमाण्डौमा नियमित वायु यान राखेर दुर्गममा सेवा दिँदै आएको छ ।

तारा एअरसँग अहिले दुर्गममा उडान गर्ने चार वटा टुइनअटर जहाज रहेको छ । ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका विमानस्थलहरूमा नियमित तथा चार्टर्ड उडान भर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web