चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला

अशोज १२, २०७८ मा प्रकाशित | 545 views

चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ ।

हिजाे दिउँसाे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा गैँडा मृत फेला परेको बताउनुभयो ।

‘धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ’ बराललले भन्नुभयो, ‘यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।’

गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागेर आइतवार राति गैँडा मरेको भए पनि सोमवार मृत भेटिएको बरालले बताउनुभयो ।

‘हामीले ट्रयापिङ गर्दा जिउँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्याे’, उहांँले भन्नुभयो । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् ।

राष्ट्रिय गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web