ट्रकको ठक्करबाट दुइ जनाको मृत्यु

अशोज १२, २०७८ मा प्रकाशित | 340 views

रुपन्देही । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा आमा र छोराको ज्यान गएको छ ।

सैनामैना बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको भैँसीपाडा बोकेको ट्रकले ठक्कर दिँदा सैनामैना-५ की राधा भट्टराई र छोरा महेश भट्टराईको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web