संविधानसभाका सदस्य राजवंशी एमालेमा प्रवेश

अशोज ११, २०७८ मा प्रकाशित | 682 views

काठमाडौँ । तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरे ।

राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभामा पनि उनी सदस्य थिए ।

संसद सचिवालयको विवरण अनुसार झापा अनारमनीका राजवंशीले तीन वर्ष भूमिगत जीवन बिताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web