टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो, स्थानीयवासीले टिप्परमा आगो लगाए

अशोज १०, २०७८ मा प्रकाशित | 375 views

महोत्तरी । धनुषामा टिपरले ठक्कर दिँदा माेटरसाइकल चालककाे ज्यान गएपछि स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् ।

जनकपुरधामकाे पिडारी चाेकमा ढल्केवर आइरहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दासको ज्यान गएकाे हाे । ठक्करबाट गम्भीर घाइते भएका दासको उपचारका क्रममा केहीबेर अघि आज आइतवार बेलुका ज्यान गएकाे प्रहरीले जनाएको छ ।

आज दिउँसो ना ७ ख ४७४८ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web