इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस

अशोज १०, २०७८ मा प्रकाशित | 534 views

काठमाडौँ । रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस भएको छ ।

वैदेशिक रोजगार विभागले बिहान इजरायलमा केयरगिभरका लागि जान चाहानेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो । विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।

अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ । रोजगारीका लागि एक हजार जनाको कोटा भए पनि ७ हजारले परीक्षा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web